कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै « Khabarhub

कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- तिहार सकिएलगत्तै बैतडीबाट कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।

दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् ।

जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधनमा यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताए ।

कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको टेरको भनाइ छ ।

विभिन्न रोजगारीका सिलसिलामा रहेकाहरू तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन् । यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका हुन् ।

कोरोना कहरका कारण गत विगतको जस्तो दशैँ र तिहारको रौनक पनि नभएको उनीहरुको भनाइ रहेको छ ।

अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ५५ बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई