संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको  आग्रह « Khabarhub

संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको  आग्रह


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ ।

संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो ।

डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।

डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं । हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’

रेम्डेसिभिरको प्रयोगबाट संक्रमितको उपचारमा सकारात्मक प्रभाव पारेको भन्दै केही मुलुकहरूले धमाधम यसको प्रयोग गरिरहँदा डब्ल्युएचओको यस्तो धारणा बाहिरिएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : १० बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत