थाहा पाउनोस् डीभी चिठ्ठा परेकाले कहिले पाउँदैछन् भिसा « Khabarhub

थाहा पाउनोस् डीभी चिठ्ठा परेकाले कहिले पाउँदैछन् भिसा


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी लगायतको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहरूले  जनवरीमा भिसा पाउन सक्नेछन् । तर, त्यसका लागि दूतावास खुल्न जरुरी छ ।

अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएकाहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् ।

भिसा जनवरी अगाडि प्राप्त नहुने भए पनि त्यस अगाडिका सबै प्रक्रिया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ ।

तर, जो बाइडेनले कार्यभार सम्हालेपछि भने ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् ।

पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : ४४ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि