१५ हजार सर्जिकल मास्क सहयोग | Khabarhub Khabarhub

१५ हजार सर्जिकल मास्क सहयोग


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

“रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम सङ्कलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।”

कोभिड–१९ को सङ्क्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गर्नुभएको सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : २० बजे

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका