सिरहामा पेस्तोलसहित एक युवक पक्राउ « Khabarhub

सिरहामा पेस्तोलसहित एक युवक पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ मनाउन गएको २२ वर्षीय रविन दास रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया