सिरहामा पेस्तोलसहित एक युवक पक्राउ « Khabarhub

सिरहामा पेस्तोलसहित एक युवक पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ मनाउन गएको २२ वर्षीय रविन दास रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ४९ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय