नलगाड जलविद्युत् आयोजनाको 'डीपीआर' पूरा गर्न ऊर्जामन्त्री पुनको निर्देशन | Khabarhub Khabarhub

नलगाड जलविद्युत् आयोजनाको ‘डीपीआर’ पूरा गर्न ऊर्जामन्त्री पुनको निर्देशन


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जाजरकोटमा बन्न लागेको ४१७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सक्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटका प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डीपीआरको काम सक्न निर्देशन दिएका हुन् । ४ वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै सकिएको छैन ।

एमडब्लूएच कन्सलटेन्टले ३२ महिनाभित्र डीपीआरको काम सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटक–पटक म्याद थप हुँदै आएको छ ।

मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डीपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिए । नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा सावित हुने मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिए । जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गरे ।

वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताए । सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन संघ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।

छलफलमा कम्पनीका अध्यक्ष पन्तले कन्सलटेन्टसँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी दिए । नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । ६ किलोमिटरको जलासय र २१० मिटर अग्लो ड्याम तथा ८.२ किलोमिटर लामो सुरुङ बन्नेछ । बाँधस्थलदेखि विद्युत् गृहसम्मको पहुँच मार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।

कूल ४ हजार ६०५ रोपनी जमिनका लागि वितरण गरिनुपर्ने २ अर्ब ७६ करोडमध्ये २ अर्ब ५० करोड मुआब्जा वितरण सकिएको छ । यो कूल मुआब्जाको करीब ९० प्रतिशत हो । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि १४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४० बजे

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना