अक्षय कुमार फोर्ब्सको ५२ औं स्थानमा, सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी « Khabarhub

अक्षय कुमार फोर्ब्सको ५२ औं स्थानमा, सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना कालमा धेरै फिल्महरु स्थगित रहे । बलिउडमा समेत धेरै फिल्मलाई कारोनाले नराम्रो प्रभाव पार्याे । तर बलिउड अभिनेता अक्षय कुमार भने सफल चलिचित्रका साथै राम्रो कमाइ गर्न सफर रहे ।

जसका कारण उनको नाम पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएको छ ।

फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् ।

फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८.५ मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् । अघिल्लो बर्ष अक्षय यो सूचीमा ५१ औं स्थानमा थिए ।

फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् । त्यस्तै अमरीकी र्यापर कान्ये वेस्ट दोश्रो स्थानमा छन् भने टेनिस स्टार रोजर फेडरर तेश्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : १५ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ