मनिषा कोइरालाको संस्मरणात्मक कृति ‘जिजीविषा’ सार्वजनिक « Khabarhub

मनिषा कोइरालाको संस्मरणात्मक कृति ‘जिजीविषा’ सार्वजनिक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशनमा आएको छ । यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् ।

पुस्तकमा अभिनेत्री कोइरालाका विभिन्न किस्साहरु समेटिएका छन् । मनिषाले क्यान्सर रोगबाट पाएको दुःखलाई पुस्तकमा उतारेकी छिन् ।

फाइनप्रिन्टले आयोजना गरेको भिडियो लण्च कार्यक्रममा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन । अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र त्यसलाई पछि पुस्तका रुपमा ल्याएकी हुँ ।’

क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखें भने र समाजलाई आफ्नो ज्ञान दिन सकें भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ ।

‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेको बेलामा मनुष्यजीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् ।

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचे जस्तो नहुने उनले बताइन् । भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु ।’ धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सन मात्र देखाउने तर आफूले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’लाई प्रकटीकरण गरेको उनको भनाइ छ । ‘म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन् ।

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् ।

‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्यजीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं ।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन् ।

‘मलाई क्यान्सरले दिएको एउटा सन्देश पनि के हो भने, मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ,’ उनले भनिन् ।

क्यान्सरले पारेको अप्ठ्यारो परिस्थिति मात्र होइन, पुस्तकले जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ५५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६