अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं: दीपकराज गिरी « Khabarhub

अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं: दीपकराज गिरी


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै चौतर्फी विरोध भएको छ । ओलीको यो कदमलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

कतिले पाँच वर्षे स्थायी सरकार चलाउनुपर्नेमा संसद विघटन गरेको भन्दै ओलीको आलोचना गरेका छन् भने कतिपयले ओलीको यो कदमको स्वागत गरेका छन् ।

यसैबीच कलाकार दीपकराज गिरीले ओलीको संसद विघटनलाई लिएर चिन्ता नगर्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं, किनकि अप्राकृतिक कुरा स्थायी हुँदैन ।’

उनको यो भनाइमा कतिपयले सहमति जनाएका छन् । कतिले तीन महिनामै तुहिनपर्ने सरकार तीन वर्ष टिक्न सकेको भन्दै टिप्पणी गरेका छन् ।

संसद विघटन भएपछि नेपालमा राजनैतिक अशान्ति हुने अनुमान गरिएको छ । देशका विभिन्न स्थानमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि