उमेरमै विवाह गर्न अपनाउनुहोस् यी उपाय « Khabarhub

उमेरमै विवाह गर्न अपनाउनुहोस् यी उपाय


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुहार दिशा र आसपास रहेका वस्तुले समेत बिभिन्न उर्जा उत्पन्न गर्दछन् । यस्ता उर्जाले मानिसलाई प्रभावित बनाउने गर्दछ । वास्तु अनुसार यसरी उत्पन्न हुने उर्जा सकारात्मक भए प्रगति हुन्छ तर नकारात्मक भए कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यस प्रकारले उत्पन्न हुने उर्जा जीवनका हर क्षेत्रमा लागु हुने गर्दछ । यस्ता उर्जाले मानिसको विवाहमा समेत प्रभाव पार्दछ । त्यसैले विवाहमा कुनै रुकावट वा समस्या आइरहेको छ भने निम्न उपाय गर्नु पर्दछ ।

१. वास्तुशास्त्र अनुसार जुन युवकको उमेरमा विवाह भएको छैन यस्ता युवकले दक्षिण र दक्षिण पश्चिम दिशामा सिरानी पारेर सुत्नु हुदैन । यसले विवाहमा बाधा उत्पन्न गर्दछ ।

२. यदि लगातार विवाहमा समस्या आइरहेको छ वा कुरा चलेपनि विवाह हुन पाएको छैन भने यस्ता युवकले कालो रंगका कपडा र अरुको सामाग्रीको प्रयोग गर्नुहुदैन । वास्तु अनुसार विवाहयोग्य उमेरका युवकले कालो रंगबाट दूरी बनाउनु पर्दछ ।

३. वास्तुशास्त्र अनुसार विवाह योग्य उमेरका युवकले चीम मुनि (आखाँ सामुन्नेमा पारेर) सुत्नु हुदैन । यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ ।

४. विवाह योग्य युवकले एकभन्दा बढि ढोका भएको कोठामा सुत्नु हुदैन । साथै हावा वा प्रकाश कम हुने कोठामा समेत सुत्नु हुदैन ।

५. वास्तु अनुसार गहिरो वा अध्येरो रंग भएको कोठामा सुत्नु हुदैन । विवाहयोग्य उमेरका युवकले चम्किलो रंग भएको सकेसम्म पहेलो, गुलाबी कोठामा सुत्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४५ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल