प्रचण्डको प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चालेको हो : प्रधानमन्त्री ओली « Khabarhub

प्रचण्डको प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चालेको हो : प्रधानमन्त्री ओली


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा नेकपाका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने र प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चाल्न बाध्य भएको बताएका छन् ।

आज आफू निकटका नेताहरुको बालुवाटारमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि कब्जा गर्ने नीतिका साथ नेताहरु लागेको आरोप लगाएका छन् ।

ओलीले सरकारले राम्रा काम गर्दा पनि प्रचार गर्नुको साटो विरोध मात्रै गरेको बताएको छलफलमा सहभागी एक नेताले बताए ।

पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारीको विषयमा बोल्दै ओलीले प्रश्न गरे ‘म केपी ओली हुँ । प्रचण्डभन्दा १० वर्ष पहिला पार्टीमा लागेको हुँ । तर मलाई अहिले पार्टीको साधारण सदस्यबाट हटाउने रे ?,’

उनले आफ्नै कारण जनमत आएर पार्टीले झण्डै दुइतिहाइ ल्याएको समेत दावी गरेका थिए । छलफलमा प्रधानमन्त्री आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : २५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना