किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता « Khabarhub

किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंसीको पाडी वितरण गरिएको छ ।

गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले यस वर्ष लक्षित किसान कार्यक्रमअन्तर्गत पनौती–१२ भूमेडाँडाका अति विपन्न २८ किसान परिवारलाई पाडी वितरण गरेको नगरपालिका कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । वडाको सिफारिसका आधारमा नगरपालिका पशुपक्षी शाखाले सो वितरण गरेको हो । नगरपालिकाबाट पाडी प्राप्त गर्ने किसानका लागि रु दुई लाख बराबरको दुर्घटना बीमा र पाडीको बीमा गरिएको छ ।

त्यसरी पाडी पाएका किसानलाई प्राविधिक जानकारीसहित एक दिने अभिमुखिकरण तालीम दिने जनाइएको छ । आर्थिक समृद्धि तथा किसानको जीवनयापनमा टेवा पुर्‍याउन सजिलो माध्यम भैँसीको पाडी भएकाले यस वर्ष उपहारस्वरुप पाडी वितरण गरेको नगर प्रमुख भीम न्यौपानेले बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ लाई भैँसी प्रवद्र्धन कार्यक्रम आधार वर्षका रुपमा लिएको छ । शाखाले गरेको अध्ययनका क्रममा लैनो भैँसी खरीदका लागि नगरपालिकाभित्रका किसानले वर्षेनी रु तीन करोडभन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम शुरु गरिएको जनाएको छ ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ‘किसानसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गर्न थालिएको छ । वडा नं ६ र ८ मा भैँसी सुत्केरी भत्ता वितरण गरिएको छ । सो क्रममा वडा नं ६ का ८० किसानलाई भत्ता वितरण गरिएको छ । सुत्केरी भएपछि प्रत्येक भैँसीले रु एक हजार ५०० का दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

त्यस्तै वडा नं ८ का ३४ भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको वडाध्यक्ष धनबहादुर तामाङले बताए । यसअघि वडा नं ५ का १८० किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै गाउँपालिकाले भैँसीपालक किसान घुम्ती कोषसमेत स्थापना गरिएको हो । वडा नं ८ का किसानका लागि भैँसी किन्न सहयोग पुर्‍याउने उद्देश्यले भैसीपालक किसान घुम्ती कोष स्थापना गरेको हो ।

वडाध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४/७५ मै वडाले रु पाँच लाखको उक्त कोष खडा गरेको र उक्त कोषमार्फत सो वडाका भैँसीपालक किसानले छदेखि आठ महिनाका लागि भैँसी खरिद गर्न आधा रकमबिना ब्याज ऋण पाउने भएका छन् ।

त्यसरी खरिद गर्ने किसानलाई कोषबाटै भैँसीको रु एक लाख बराबर निःशुल्क बीमाको समेत व्यवस्था गरिएको छ । वडा कार्यालयका अनुसार १३ भैँसीपालक किसान घुम्ती कोषबाट लाभान्वित भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ४५ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट