संसद विघटन परिस्थितिको उपज : मुख्यमन्त्री राई « Khabarhub

संसद विघटन परिस्थितिको उपज : मुख्यमन्त्री राई



झापा– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिनिधीसभा विघटन परिस्थितिको उपजका रुपमा बुझ्नु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण सो निर्णय लिन पुग्नु परेको उनको तर्क छ ।

प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमकमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले ओलीबाट मात्रै विकास र समृद्धीको यात्रा सम्भव हुने दावी समेत गरे । देशमा विकास र समृद्धीको लहर प्रधानमन्त्री ओलीकै कारण शुरु भएको र यसको अगुवाई पनि ओलीबाट मात्र सम्भव रहेको उनको भनाइ थियो ।

जैविक कृषि बजार भवन निर्माण शिलान्यासका क्रममा उनले राजनीतिक विषयमा छोटो मात्र धारणा राखे । बाँकी समय उनले अन्य विषयमा खर्चिएका थिए ।

संघीयताको कार्यान्वयनले नै नागरिकले विकासको महसुस गर्न पाएको उनको तर्क थियो । प्रदेश सरकारमार्फत समेत पूर्वाधार विकासलाई तिव्रता दिईएको भन्दै विगतको जस्तो निर्माण कार्य अलपत्र पार्ने, ढिलासुस्ती हुने क्रम पनि कम हुँदै गएको उनले बताए ।

चार करोडमा कृषि बजार

प्रदेश १ सरकार र दमक नगरपालिकाको करिव ४ करोड रुपैयाँको लागतमा कृषि उपज बजार स्थल निर्माण शुरु भएको हो । ५ करोड ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिए पनि बजार स्थल भवन निर्माणका लागि ३ करोड ९२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।

गत कातिक १६ गते सम्झौता भएको भवन निर्माण २०७८ फागुन १६ मा पूरा हुनु पर्ने सम्झौता छ । सो संरचनाका लागि प्रदेश सरकारले २ करोड ७५ लाख र नगरपालिकाले १ करोड १७ लाख ४८ हजार रुपैयाँको साझेदारी गरेका छन् ।

दमकमा अग्यानिक तथा जैविक कृषि उपजको छुट्टै बजार सञ्चालनका लागि सो संरचना बनाउन शुरु गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन् । दमक–८ मा रहेको सरस्वती माविको जमिन लिजमा लिएर नगरपालिकाले अर्गानिक कृषि बजार सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : २० बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको