प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूची थिएन, बाध्य पारियो :  प्रधानमन्त्री ओली « Khabarhub

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूची थिएन, बाध्य पारियो :  प्रधानमन्त्री ओली


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन आफ्नो रूची र छनौटका विषय नभए पनि बाध्यातामा पारिएको प्रष्ट्याएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गरे ।

‘मुलकलाई अर्कमण्य अवस्थामा राख्न उचित थिएन् । संसदलाई केही नेताका बन्धक बनाइराख्नु जनादेशको अपमान हुन जान्थ्यो,’ उनले भने, ‘दलभित्रको कचिगंलले प्रतिनिधि सभालाई समेत सिकार बनाउने अवस्था पनि अन्त गर्नुपर्थ्यो । यसै परिस्थितिमा नयाँ जनादेशमा जाने निर्णयमा पुगेको हुँ ।’

प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिए ।

उनले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताए ।

‘प्रधामन्त्री बन्न व्यग्र प्रतिक्षावान र प्रयासमा रहनुभएका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ,’ उनले भने ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : ०० बजे

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६