एक दानो कागतीको यति धेरै फाइदा ? | Khabarhub Khabarhub

एक दानो कागतीको यति धेरै फाइदा ?


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती बहुउपयोगी फलफुल मध्ये एक हो । यो नेपालको जुनसुकै भागमा सजिलै पाउन सकिन्छ । यद्यपी यसलाई फलका रूपमा भन्दा पनि सर्वत वा अचार बनाउन प्रयोग गरीन्छ । कागतीका अनगिन्ती फाइदा छन् । आज हामी कागतीका यीनै फाइदाबारे चर्चा गर्नेछौ ।

१. खानामा केही थोपा कागतीको रस हालेर खाएमा यसले खानाको स्वाद बढाउँछ ।
२. कागतीको सेवनले अपच र कब्जियतमा लाभ प्राप्त हुन्छ ।
३. यसको सेवनले रगत शुद्धिकरण गर्ने र शरीरका अन्य विकार समेत हटाउँछ ।
४. कागतीलाई सफा पानीमा निचोरेर खाएमा शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
५. पिसेको पुदिनाको पातलाई कागती पानीमा मिसाएर खाएमा शरीर शितल हुन्छ ।
६. कागतीको प्रयोगले दाँतको हेरचाह र सुरक्षामा समेत लाभ पुर्याउँछ ।
७. दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा यसले दाँत दुखाइलाई कम गर्दछ ।
८. गिजामा कागतीको रसले हल्का मसाज गरेमा गिजाबाट रगत आउने समस्या रोकिन्छ ।
९. कागतीको जुस खादाँ मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ ।
१०. दाँतको सफाईमा कागतीको प्रयोग लाभदायी हुन्छ । तर चाडैं कुल्ला गर्नु पर्दछ ।
११. कपाल चम्किलो बनाउन र यसको सुरक्षामा कागतीको रस उपयोगी हुन्छ ।
१२. कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्यामा लाभ मिल्दछ ।
१३. पोलेको भागमा तत्काल कागतीको रस दल्ने हो भने फोका उठ्दैन ।
१४. पोलेको घाउमा कागतीको रस नियमित लगाउँदा दाग निको भएर जान्छ ।
१५. मोटोपना कम गर्नमा समेत कागतीको सेवन उपयोगी हुन्छ ।
१६. हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वतको सेवन लाभदायी हुन्छ ।
१७. तातो पानीमा कागतीको रस हालेर पैताला डुबाउँदा खुट्टा दुखाई निको हुन्छ ।
१८. मनतातो पानिमा कागतीको रस हालेर नुहाएमा शरीरको दुखाई समेत कम हुन्छ ।
१९. शरीरमा आएका गिर्खा र मासुका डल्लालाई कागतीको रसले बिस्तारै हटाउँछ ।
२०. नियमित कागतीको सर्वत पिउनेलाई पत्थरीको समस्या कम हुन्छ ।
२१. घाँटीमा हुने संक्रमण, घाँटीको खरावी र दुखाईमा कागतीको सर्वत उपयोगी हुन्छ ।
२२. मुटुका समस्या भएका व्यक्तिलाई समेत कागतीको सर्वत अति उपयोगी हुन्छ ।
२३. कागतीमा पोटासियम तत्व हुने भएकाले उच्च रक्तचापमा नियन्त्रण ल्याउँछ ।
२४. कागतीको सेवनले वाकवाकी लाग्ने, टाउको दुखाईमा नियन्त्रण गर्दछ ।
२५. मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वतको सेवन उपयोगी छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ३६ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको