खान मात्र होइन कपालमा लाउनुहोस् घ्यु पाउनुहुनेछ कमाल « Khabarhub

खान मात्र होइन कपालमा लाउनुहोस् घ्यु पाउनुहुनेछ कमाल


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउन प्रयोग गरीन्छ । तर कतिपयलाई थाहा नहुन सक्छ, पहिला पहिला मानिसहरु कपालमा घ्यु लाउने गर्दथे ।

आजकल घ्युको मुल्य, यसको शुद्धता र अन्य सामाग्रीको उपलब्धताले मानिस कपालमा घ्युको प्रयोग गर्दैनन् । तर कपालमा घ्यु लगाउँदा यसले कपाललाई राम्रो फाइदा गर्दछ ।

गर्मी मौसममा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ । त्यस्ता समस्यामा मानिसहरु विभिन्न औषधी, स्याम्फूको प्रयोग गर्दछन् । तर यस समस्याबाट मुक्तिका निम्ती घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।

जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट बच्न घ्युको प्रयोग उपयोगी मानिन्छ । यसले चायाँसँग–सँगै कपाल झर्ने समस्याबाट समेत बचाउँछ । घ्यूमा बदामको तेल मिसाएर मसाज गर्दा कपालमा चायाँ पर्ने र टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्दछ ।

कपाललाई मुलायम बनाउन जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नु पर्दछ । कपालमा पोषणको कमीले हाँगा फाट्ने समस्या हुन्छ । कपाललाई घ्यूले मसाज गरेमा समस्या हटेर जाने गर्दछ । यस अलावा कपाल लामो बनाउन चाहाना भएमा अमला र प्याँजको रसमा घ्यु मिसाएर १५/१५ दिनमा मसाज गरेम कपाल लामो र चम्किलो हुन्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ३१ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर