सर्वदलीय बैठकको निष्कर्ष : संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक (भिडियोसहित) « Khabarhub

सर्वदलीय बैठकको निष्कर्ष : संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक (भिडियोसहित)

ओलीको कदमविरुद्ध एक भएर साझा रुपमा प्रतिकार गरिने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।

संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएकोप्रत आक्रोश पोखेका थिए ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकीकृत नीति लिने निर्णय भएको जानकारी दिए ।

हेरौँ भिडियो

भोलि कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ भने जसपाले पनि मंगलबार थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज बसेको जसपाको बैठकले पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरिसकेको छ ।

तीन दलको छलफलमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल सहभागी भएका थिए ।

त्यसैगरी काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक लगायत सहभागी भएका थिए भने  जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सहभागी थिए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : ३४ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित