मन्दिर खुलेसँगै पशुपतिनाथ क्षेत्रमा चहलपहल बढ्यो « Khabarhub

मन्दिर खुलेसँगै पशुपतिनाथ क्षेत्रमा चहलपहल बढ्यो


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् ।

भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ ।

हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए ।

मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन् । नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ४१ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्