संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : अध्यक्ष थापा | Khabarhub Khabarhub

संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : अध्यक्ष थापा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको कदमविरुद्ध जनतामाझ गएर संघर्ष गर्ने बताएका छन ।

सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए ।

राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताए ।

राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए ।

उनले मन्त्रीपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपतिले कुनै छलफल नै नगरी त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ०० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस