बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप « Khabarhub

बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनको प्रत्यक्ष प्रसारणमा समेत आफू खोप लगाउने तयारीमा रहेको जानकारी दिएका थिए ।

मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउने घोषणा गरेका हुन् । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

“मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हुँ,” उनले भने ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाएका थिए ।

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को हप्ता खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाएका छैनन ।

कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उनले भने अहिलेसम्म खोप नलगाएको जनाइएको छ ।

सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उनले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् ।

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए । उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ४७ बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल