३३६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत | Khabarhub Khabarhub

३३६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हाल ३३६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २७९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ५७ जना भेन्टिलेटरमा छन् ।

सोमबारको तथ्यांक अनुसार प्रदेश १ मा २० जना आईसीयूमा र ४ को भेन्टिलेटरमामा उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश २ मा ७  जना आईसीयूमा र ४ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने  बागमती प्रदेशमा ११२ जना आईसीयूमा तथा ३२ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ८१  जना आईसीयू छन् भने १० को भेन्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ५० जना आईसीयूमा छन भने ४ भेन्टिलेटरमा उपचार भइरहेको न्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र ३ को  भेन्टिलेटरमा उपचार भइरहेको छ भने  सूदुरपश्चिम प्रदेशमा ४  जनाको आइसियुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४८ बजे

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

ललितपुर – सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को

संयमता अपनाउन इजराइललाई १३ मुलुकको आग्रह

रोम – परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार

सन्दीप प्रकरणमा नखुलेको रहस्य : करणी नै भएन या सहमतिमा भयो ?

काठमाडौं- विगत डेढ वर्षयता जबर्जस्ती करणीको मुद्दा खेपेका क्रिकेटर सन्दीप

टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा