बालबालिकालाई अधिक पोषणयुक्त खानेकुरा खुवाउँदा विभिन्न रोगको जोखिम « Khabarhub

बालबालिकालाई अधिक पोषणयुक्त खानेकुरा खुवाउँदा विभिन्न रोगको जोखिम


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई आवश्यक पोषण तत्वहरु पुगेन भने बालबालिकाहरुमा कुपोषण हुने तथा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम हुने गर्छ ।

कुपोषण भएमा बालबालिकाको शरीरको तौल कम हुने, छाला खुम्चिएर चाउरी पर्ने गर्छ । यस्तै कुपोषण भएको बालकालिकालाई झाडापखला लाग्ने गर्छ ।

यो त भयो बालबालिकालाई सही मात्रामा पोषक तत्व नपुग्दा हुने असरहरु । तर, तपाईंलाई थाहा छ ? पोषण तत्व भएका खानेकुरा धेरै खुवाउदा पनि बालबालिकाको स्वास्थ्यमा असर पुर्‍याउँछ ।

धेरै पोषणयुक्त खानेकुरा खान दिदैमा बालबालिका स्वास्थ्य हुँदैनन् । बालबालिकालाई स्वस्थ राख्नका लागि सन्तुलित मात्रामा पोषक तत्व भएका खानेकुरा खुवाउनुपर्छ ।

उमेर अनुसार शरीरलाई आवश्यक पर्ने पोषक तत्व बढी भएमा शरीरमा विभिन्न किसिमका विकृतिहरु पैदा हुन्छ । पोषक तत्व बढी हुनु भनेको अधिक पोषण हुनु हो ।

अधिक पोषणले हुने स्वास्थ्य समस्या

मोटोपना

बालबालिकालाई उनीहरुको उमेरबारे ख्याल नै नगरी धेरै पोषणतत्व भएको खाना खुवाउँदा बालबालिकामा मोटोपनाको समस्या देखिन्छ । बाल्यकालदेखि नै मोटोपनाको समस्या भएमा त्यस्ता बालबालिकालाई पछि विभिन्न किसिमका रोगहरुको जोखिम उच्च हुन्छ ।

मुटुरोग

बालबालिकालाई पोषण तत्व बढी भएमा उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ । बालबालिकालाई मुटुरोगबाट बचाउँन उनीहरुको उमेर अनुसार आवश्यक पर्ने मात्रा खाना खुवाउनुपर्छ ।

उच्च रक्तचाप

अधिक पोषणले बालबालिकामा उच्च रक्तचापको समस्या देखिन्छ ।

मधुमेह

बालबालिकाको शरीरलाई आवश्यक पर्ने भन्दा बढी पोषण तत्व भएमा उनीहरुमा मधुमेहको समस्या बाल्यकालदेखि नै देखिन सक्ने सम्भावना अधिक हुन्छ । सानोमा धेरै मोटोपना भएको बालबालिकामा वयस्कमै मधुमेह हुने सम्भावना बढी हुन्छ ।

जोर्नी तथा पिठ्यु दुख्ने

अधिक पोषणले बालबालिकाको शरीरमा अनावश्यक मांशपेसीको मात्र बढ्छ । तर उनीहरुको शरीरमा हड्डीको विकास उमेर अनुसार नै भइरहेको हुन्छ । जसले गर्दा बालबालिकामा जोर्नी तथा पिठ्यु दुख्ने समस्या हुन्छ ।

हाड जोर्नी

अधिक पोषणले बालबालिका धेरै मोटा हुन्छन् । जसले गर्दा बालबालिकामा हाडजोर्नीको समस्या देखिन सक्छ ।

पित्तथैली र पाचन प्रणाली सम्बन्धी समस्या

अधिक पोषणले बालबालिकाको पित्तथैली र पाचन प्रणालीमा समस्या ल्याउँछ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ०६ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू