हिमपातले सिमकोट-हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध « Khabarhub

हिमपातले सिमकोट-हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- लामो हिमपातले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् ।

अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले जानकारी दिए ।

नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । काम परे हिँडेर जानुको विकल्प नभएकाले कामै नपरोस् भन्ने उनको चाहना छ ।

चीनको ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक अवरुद्ध हुँदा उपभोग्य सामानदेखि विकास निर्माणका सामान ढुवानी हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

हुम्लामा गत मङ्सिर १२ गतेबाट हिमपात सुरु भएको थियो । यो क्रम पटक पटक जारी रहँदै आएको छ । यस सडकमा टिपर, बोलेरो र ट्याक्टर चल्ने गरेका थिए । ९५ किलोमिटर दूरी रहेको यो सडकमा सबै किसिमका गरी छ दर्जनभन्दा बढी यातायातका साधन गुड्दै आएका थिए ।

सवारी साधन अहिले गाउँमै थन्किएका छन् । सडक खण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको बताइएको छ । भारी हिमपात पन्छाएर गाडी गुडाउन सकिने अवस्था नभएको चालक बताउँछन् ।

सडकको स्तरोन्नतिका लागि दस स्थानमा काम भइरहेको थियो । अहिले यो पनि बन्द भएको सिमकोट हिल्सा सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : २९ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन