हिमपातले सिमकोट-हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध « Khabarhub

हिमपातले सिमकोट-हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- लामो हिमपातले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् ।

अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले जानकारी दिए ।

नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । काम परे हिँडेर जानुको विकल्प नभएकाले कामै नपरोस् भन्ने उनको चाहना छ ।

चीनको ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक अवरुद्ध हुँदा उपभोग्य सामानदेखि विकास निर्माणका सामान ढुवानी हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

हुम्लामा गत मङ्सिर १२ गतेबाट हिमपात सुरु भएको थियो । यो क्रम पटक पटक जारी रहँदै आएको छ । यस सडकमा टिपर, बोलेरो र ट्याक्टर चल्ने गरेका थिए । ९५ किलोमिटर दूरी रहेको यो सडकमा सबै किसिमका गरी छ दर्जनभन्दा बढी यातायातका साधन गुड्दै आएका थिए ।

सवारी साधन अहिले गाउँमै थन्किएका छन् । सडक खण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको बताइएको छ । भारी हिमपात पन्छाएर गाडी गुडाउन सकिने अवस्था नभएको चालक बताउँछन् ।

सडकको स्तरोन्नतिका लागि दस स्थानमा काम भइरहेको थियो । अहिले यो पनि बन्द भएको सिमकोट हिल्सा सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : २९ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका