मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल « Khabarhub

मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ ।

टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो । जसमा जीएसएम, पीएसटीएन र सीडीएमएको बिल हेर्न सकिने छ ।

यसका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा गएर दायाँतर्फ रहेकोण् ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुपर्नेछ । तत्पश्चात तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुपर्नेछ ।

यदी तपाईले आफ्नो एक महिनामा मोबाइलमा कति खर्च भएछ भनेर जानकारी लिन चाहानुभयो भने त्यहाँ भएका अप्सनहरु पूरा भर्नुपर्छ ।

मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको छ । त्यहाँ मोबाइलको लागि पुक नम्बर नै प्रयोग गुर्नपर्ने हुन्छ । यदि तपाईंसँग मोबाइलको पुक नम्बर नभएको खण्डमा आफ्नो मोबाइलबाट‘PUK’ टाइप गरी १४१५ मा एसएसएस पठाएर थाहा पाउन सक्नुहुनेछ ।

ल्याण्डलाइन फोनको बिल हेर्नु परेमा ‘अकाउण्ट नम्बर’ राखेर चेक बिलमा क्लिक गर्नुपर्ने हुन्छ । ल्याण्डलाइन टेलिफोनको अकाण्ट नम्बरको लागि बिल तिरेको रसिदमा रहेको अकाउण्ट नम्बर प्रयोग गर्न सकिन्छ । अथावा टेलिकमको काउण्टरबाट बिल प्रिन्ट प्राप्त गर्न पनि सकिन्छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ०९ बजे

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल