संसारभर सर्वाधिक रुचाइएका एप र गेम (सूचिसहित) « Khabarhub

संसारभर सर्वाधिक रुचाइएका एप र गेम (सूचिसहित)


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९ मा संसारभर १ सय २० अर्ब डलर एप स्टोर तथा प्लेस्टोरमा खर्चिएको तथ्य सार्वजनिक भएको छ ।

मोबाइल फोन प्रयोगकर्ता तथा इन्टरनेटको प्रयोग बढ्दै जाँदा विभिन्न एपको प्रयोगमार्फत मनोरञ्जनका लागि गेम खेल्ने लगायतका क्रियाकलापमा मानिसको लत बस्दै जाँदा प्रयोगकर्ताले १ सय २० अर्ब डलर एप तथा प्लेस्टोरमा खर्चिएको ग्लोबल एनालाइटिक्स कम्पनीले जनाएको छ ।

सन् २०१९ को बिश्लेषणसहित निकालिएको यो रिपोर्टमा संसारभर सर्वाधिक रुचाइएका एप एवंम गेमको समेत विवरण सार्बजनिक गरिएको छ । रिपोर्ट अनुसार सन् २०१९ मा धेरै डाउनलोड हुने र समय व्यतित गरिने आधारमा फेसबुक तथा उसका ४ वटा एपले बर्चश्व कायमै गरेका छन । जवकी गुगल तथा ट्वीटर जस्ता एपहरु समेत शीर्ष १० भित्र अटाएका छैनन ।

फेसबुक कम्पनीको स्वामित्वमा रहेका ४ ओटा एपहरु सूचीको शीर्ष ५ मा पर्न सफल भएका छन । रिपोर्टमार्फत मोबाइल फोन प्रयोगकर्ताहरुका बानी र बजार वृद्धिका बारेमा पनि विभिन्न किसिममा रोचक तथ्यहरु उद्घाटित भएका छन । एउटा व्यक्तिले आफ्नो फोनमा औषतमा दैनिक ३ घण्टा ४० मिनेट समय खर्चिने औंलाइएको छ । यो वितेको दुई वर्ष अघिको भन्दा ३५ प्रतिशतले बढेको हो ।

संसारभर सर्वाधिक रुचाइएका एप यस्ता छन् :

१. फेसबुक म्यासेन्जर
२. फेसबुक
३. ह्वाट्स एप
४. इन्स्टाग्राम
५. टिकटक
६. शेयर इट
७. लाइकी
८. स्नापच्याट
९. नेटफ्लिक्स

यस्तै संसारभर सर्वाधिक रुचाइएका गेममा पब्जी भिडियो गेम परेको छ । यसले सन् २०१९ तहल्का नै मच्चाएको रिपोर्टमा उल्लेख छ । पब्जिकै कारण भारत लगायतका मूलुकमा मानिसको ज्यान गएको तथा यसलाई विभिन्न मूलुकमा प्रतिबन्ध समेत लगाउनु परेका खबरहरु सार्बजिनक हुँदा पनि यसले चर्चा बटुल्यो ।

ग्लोबल एनालाइटिक्सको प्रतिवेदन अनुसार सर्वाधिक रुचाइएका गेम यस्ता छन् :

१. फ्रि फायर
२. पब्जी
३. सब वे सर्फर
४. कलर बम्प थ्री डी
५. फन रेड थ्री डी
६. माई टकिङ टोम
७. रन रेस थ्रीडी
८. होमस्केप्स
९. कल अफ ड्युटी

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : ३३ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको