नेपालसँग त्रिकोणात्मक शृङ्खला खेल्ने ओमानी टोलीको घोषणा | Khabarhub Khabarhub

नेपालसँग त्रिकोणात्मक शृङ्खला खेल्ने ओमानी टोलीको घोषणा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि ओमानको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

ओमानले माघ २२ देखि २९ सम्म काठमाडौंमा हुने आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्ने टोलीको घोषणा गरेको हो ।

यी खेल ३६ वटा एकदिवसिय खेल अन्तरगतकै हुन् । जसमा ओमानले नेपालसहित अमेरिका, युएई, स्कटल्याण्ड, पपुवा न्युगिनी र नामिबीया रहेका छन् ।

यी टोलीबीच अप्रिल २०१९ मा एकदिवसिय मान्यता पाएका टोलीहरुको यो अबधी ३० महिना बाँकी रहेको छ । अहिलेसम्म ओमानले ८ खेलबाट ८ अंक जोडेको छ ।

नेपाल, ओमान र अमेरिकाले खेल्ने शृङ्खलाका लागि ओमानले जेसहन मक्सदको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । ओमानको टोलीमा यसअघिकै खेलाडीले निरन्तरता पाएका छन् ।

कप्तानमा म्याक्सुडसहित उपकप्तान अकिव इल्यास, जतिन्दर सिंह, खवार अलि, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नासिम छन् ।

यस्तै, सन्दीप गौड, मुहम्मद नदेम, जय ओदेद्रा, बाडाल सिंह, अहमद फियाज बुट्टी, कलेमुल्लाह, बिलाल खान रहेका छन् ।

यस्तै, ओमान टिमको वैकल्पीक खेलाडीको सूचिमा अमिर खलेम, कुराम नवाज खान, गोपीन्दर बोहरा, अजय लालचेता छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ५१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी