बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा ३ जना पक्राउ « Khabarhub

बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा ३ जना पक्राउ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाख्रा चराउन खेतमा गएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० घर भएकी २१ वर्षीया युवतीमाथि बाख्रा चराउन गएको बेला बलात्कार प्रयास गरेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२० का १८ वर्षीय नैमुदिन अन्सारी, २५ वर्षी शेख जमिन आलम र १९ वर्षीय शेख समी अख्तर छन् ।

पीडित पक्षबाट परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिमराले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनाले बाख्रा चलाउन गएकी युवतीको मुख थुनेर उखु बारीमा लगेर बलात्कार गर्न खोजेपछि सँगै रहेका बालबालिकाहरुले होहल्ला गरेका थिए । बालबालिकाको होहल्ला सुनेर घटनास्थलमा पुगेकास्थानीय वीरेन्द्र प्रसाद चौरसियाले युवतीको उद्दार गरी प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका तीनै जनामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा प्रक्रिया अगाडि बढाएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराका पमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : २९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने