बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा ३ जना पक्राउ « Khabarhub

बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा ३ जना पक्राउ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाख्रा चराउन खेतमा गएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० घर भएकी २१ वर्षीया युवतीमाथि बाख्रा चराउन गएको बेला बलात्कार प्रयास गरेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२० का १८ वर्षीय नैमुदिन अन्सारी, २५ वर्षी शेख जमिन आलम र १९ वर्षीय शेख समी अख्तर छन् ।

पीडित पक्षबाट परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिमराले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनाले बाख्रा चलाउन गएकी युवतीको मुख थुनेर उखु बारीमा लगेर बलात्कार गर्न खोजेपछि सँगै रहेका बालबालिकाहरुले होहल्ला गरेका थिए । बालबालिकाको होहल्ला सुनेर घटनास्थलमा पुगेकास्थानीय वीरेन्द्र प्रसाद चौरसियाले युवतीको उद्दार गरी प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका तीनै जनामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा प्रक्रिया अगाडि बढाएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराका पमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : २९ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका