धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु « Khabarhub

धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ युवाहरुको २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा युवाहरुबीचको समूहबीच झडप हुँदा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो ।

झडपमा अर्का युवकम रविन तामाङ गम्भीर घाइते भएका छन् । मंगलबार साँझ करिब ७  बजेतिर दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

घाइते भएका रविन तामाङको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खनियावास गाउँपालिका–४ कै दार्खामा गुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा भएको झगडाले गम्मीर रुप लिएर झडपको स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ ।

फुटबल प्रतियोगितामा मृतक सन्तबहादुर रेफ्रीसँग विवाद भएको थियो । विवादकै क्रममा फुटबल मैदानमै समेत कुटाकुट भएको प्रहरीको भनाइ छ ।

उक्त विषयले गम्भीर रुप लिएपछि साँझ झडपकै स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक सन्तबहादुर र घाइते रविनमाथि फलामको ढुङ्ग्रो र रड प्रहार भएको थियो ।

मृतक सन्तबहादुर यसअघि ज्यान मार्ने उद्योगको मुद्दामा ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।

प्रहरीले सन्तबहादुरमाथि रड प्रहार गरेर कर्तब्य ज्यान गरेको आरोपमा फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका रोशन तामाङ र उनका भाइ राम तामाङलाई पक्राउ गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट घटनामा मृत्यु भएका र पक्राउ परेकाहरुको पहिलेको पृष्ठभूमि पनि त्यति राम्रो देखिँदैन,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रेग्मीले भने, ‘उनीहरु आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको खुलेको छ ।’

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : १२ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर