धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु | Khabarhub Khabarhub

धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ युवाहरुको २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा युवाहरुबीचको समूहबीच झडप हुँदा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो ।

झडपमा अर्का युवकम रविन तामाङ गम्भीर घाइते भएका छन् । मंगलबार साँझ करिब ७  बजेतिर दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

घाइते भएका रविन तामाङको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खनियावास गाउँपालिका–४ कै दार्खामा गुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा भएको झगडाले गम्मीर रुप लिएर झडपको स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ ।

फुटबल प्रतियोगितामा मृतक सन्तबहादुर रेफ्रीसँग विवाद भएको थियो । विवादकै क्रममा फुटबल मैदानमै समेत कुटाकुट भएको प्रहरीको भनाइ छ ।

उक्त विषयले गम्भीर रुप लिएपछि साँझ झडपकै स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक सन्तबहादुर र घाइते रविनमाथि फलामको ढुङ्ग्रो र रड प्रहार भएको थियो ।

मृतक सन्तबहादुर यसअघि ज्यान मार्ने उद्योगको मुद्दामा ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।

प्रहरीले सन्तबहादुरमाथि रड प्रहार गरेर कर्तब्य ज्यान गरेको आरोपमा फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका रोशन तामाङ र उनका भाइ राम तामाङलाई पक्राउ गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट घटनामा मृत्यु भएका र पक्राउ परेकाहरुको पहिलेको पृष्ठभूमि पनि त्यति राम्रो देखिँदैन,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रेग्मीले भने, ‘उनीहरु आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको खुलेको छ ।’

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : १२ बजे

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

 धनगढी– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा

लागूपदार्थसहित २३ जना पक्राउ

काठमाडौं– बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य

उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको