नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र इङ्ग्ल्यान्ड फुटबल एसोसियसनबीच एमओयु सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा र इङ्ग्ल्यान्ड एफएबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ग्ल्यान्डका तर्फबाट हेड अप द नेसनल लिग सिस्टम लरेन्स जोनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको पाँचौ डिभिजनको क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । जसलाई सि टीम समेत भन्ने गरिन्छ । यसलाई इङ्ग्ल्यान्डको फुटबल विकासमा सहयोग पुर्‍याउँदै आएको सि टीमको लिग कमिटी प्रतिनिध एन्ड्रु साले बताए ।

नेपालले सि टीमसँग भने २०२० को मे २३ मा र २०२१ मे महिनामा गरी होम एण्ड अवे खेलका रुपमा २ वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

पहिलो खेल नेपालले अवे खेल्नेछ । यही बर्ष हुने खेल नेपालले चेल्सी क्लबको यु २१ को होम ग्राउन्डमा खेल्नेछ ।

एन्डरसट मैदानमा नेपाली टोलीले खेल्दा इङ्ग्ल्याण्डमा नेपाली दर्शकको साथ पाउने सहारा युकेका अध्यक्ष मीन गुरुङले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीले यसअघि सन् १९७३ मा जर्मनमा खेलेको थियो भने अब इङ्ग्ल्यान्डमा दोस्रो पटक खेल्नेछ ।
यसलाई एन्फा नेतृत्वले नेपाली फुटबलको नयाँ आयामका रुपमा अर्थ्याएको छ । आगामि दिनमा युवा टोली र महिला टोलीले समेत इङ्ग्ल्यान्डमा खेल्न् वातावरणा बनाउने एन्फा अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ५१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा