यी हुन् खारेजीमा परेका पाँचवटा सहकारी संस्था « Khabarhub

यी हुन् खारेजीमा परेका पाँचवटा सहकारी संस्था


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् ।

सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि ति सहकारी संस्थाहरु खारेज गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय सहकारी गलत कृयाकलाप, सम्पत्ति शुद्धिकरणको प्रयास र निर्वाचनका बेलामात्रै संस्था ब्यूताउने पाइएकाले संस्था खारेज गरिएको विभागले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी केषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्व  सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् ।

विभागले पहिलो पटक सहकारी संस्थाहरुको दर्ता खारेज गरेको हो । यस अघि तत्कालीन सहकारी डिभिजन कार्यालयहरुले सहकारी संस्था खारेज गर्ने गरेका थिए ।

हाल सहकारी डिभिजन खारेज भएर नियमनको अधिकार स्थानीय तहमा गएको छ । हाल नेपालमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ०४ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा