न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन « Khabarhub

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा, नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ । 

आयोगको असोज १४ गतेको बैठकको निर्णयअनुसार न्याय सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकृतहरूलाई विभिन्न निकाय, मन्त्रालय, आयोग, प्रदेश र अदालतहरूमा सरुवा तथा पदस्थापनको सिफारिस गरिएको हो ।

नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का ११ जना अधिकृतहरूको सरुवा सिफारिस गरिएको छ । 

आयोगले न्याय सेवा, कानून समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का ४३ जना अधिकृतहरूको पनि विभिन्न मन्त्रालय, विभाग तथा प्रदेशस्तरीय निकायहरूमा सरुवा सिफारिस गरेको छ ।

त्यस्तै, आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) को पदमा नयाँ नियुक्ति पाएका विभिन्न समूहका अधिकृतहरूको पदस्थापन सिफारिस समेत गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ०५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको