डडेल्धुरामा भत्काइए २३ छाउगोठ | Khabarhub Khabarhub

डडेल्धुरामा भत्काइए २३ छाउगोठ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ ।

प्रहरीले छाउ गोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, स्याउले र भत्कँडा बजार क्षेत्रमा पनि छाउपडी भएका बेला महिलाई सुत्ने अलग्गै स्थान रहेको पाइन्छन् । डडेल्धुरा सदरमुकाममा विभिन्न ग्रामीण स्थानबाट सदरमुकाममा बस्दै आएका छन् ।

छाउपडी भएकाबेला परिवारका सदस्यभन्दा अलग्गै सुत्ने पाँच दिनसम्म खाना पकाउँन नमिल्ने र पूजा कोठामा जान नमिल्ने लगायतका अवस्था रहेको अमरगढी नगरपालिका–५ मा बस्दै आएका एक महिलाले भनिन् । उनले अरुभन्दा पनि परिवारका सदस्यबाट विभेद खेप्नुपरेको बताइन् ।

गाउँमा हुँदा छाउगोठमा बसियो तर बसाइँसराइ भएपछि डडेल्धुरा सदरमुकाममा आएको १० वर्ष बितिसक्दा छाउपडी भएका बेला समस्या त्यही छ । परिर्वतन हुन सकेको छैन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ३० बजे

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित