डडेल्धुरामा भत्काइए २३ छाउगोठ « Khabarhub

डडेल्धुरामा भत्काइए २३ छाउगोठ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ ।

प्रहरीले छाउ गोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, स्याउले र भत्कँडा बजार क्षेत्रमा पनि छाउपडी भएका बेला महिलाई सुत्ने अलग्गै स्थान रहेको पाइन्छन् । डडेल्धुरा सदरमुकाममा विभिन्न ग्रामीण स्थानबाट सदरमुकाममा बस्दै आएका छन् ।

छाउपडी भएकाबेला परिवारका सदस्यभन्दा अलग्गै सुत्ने पाँच दिनसम्म खाना पकाउँन नमिल्ने र पूजा कोठामा जान नमिल्ने लगायतका अवस्था रहेको अमरगढी नगरपालिका–५ मा बस्दै आएका एक महिलाले भनिन् । उनले अरुभन्दा पनि परिवारका सदस्यबाट विभेद खेप्नुपरेको बताइन् ।

गाउँमा हुँदा छाउगोठमा बसियो तर बसाइँसराइ भएपछि डडेल्धुरा सदरमुकाममा आएको १० वर्ष बितिसक्दा छाउपडी भएका बेला समस्या त्यही छ । परिर्वतन हुन सकेको छैन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ३० बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका