कर्णाली प्रदेश विकास परिषद्को बैठक माघ १० गते बस्ने « Khabarhub

कर्णाली प्रदेश विकास परिषद्को बैठक माघ १० गते बस्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक माघ १० गते बस्ने भएको छ ।

कर्णाली प्रदेश योजना आयोग आदेशको प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक पहिलोपटक बस्न लागेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदाबारेमा सदस्यको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए ।

कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आव २०७६÷७७–२०८०÷८१) मस्यौदामा १० परिच्छेद छन् । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

मुख्यमन्त्री अध्यक्ष रहेको परिषद्का पदाधिकारीमा सहअध्यक्ष आर्थिक मामिला तथा योजनामन्त्री र सदस्यमा प्रदेश सरकारका विभागीय मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समिति अध्यक्ष, आयोगका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारद्वारा मनोनित पाँच सदस्य, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्यसचिव रहेको परिषद्मा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँच जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद् सदस्यहरुमा डा राधिका वुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसिएट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने बैठकको सबै तयारी पूरा भएको परिषद् सदस्यसमेत रहेका योजना आयोगका सदस्य रोकायले जानकारी दिए । उनका अनुसार बैठकमा परिषद्का १२० पदाधिकारी तथा ११ विज्ञ एवं आमन्त्रित सदस्यको सहभागिता रहने छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ०० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका