कर्णाली प्रदेश विकास परिषद्को बैठक माघ १० गते बस्ने « Khabarhub

कर्णाली प्रदेश विकास परिषद्को बैठक माघ १० गते बस्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक माघ १० गते बस्ने भएको छ ।

कर्णाली प्रदेश योजना आयोग आदेशको प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक पहिलोपटक बस्न लागेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदाबारेमा सदस्यको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए ।

कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आव २०७६÷७७–२०८०÷८१) मस्यौदामा १० परिच्छेद छन् । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

मुख्यमन्त्री अध्यक्ष रहेको परिषद्का पदाधिकारीमा सहअध्यक्ष आर्थिक मामिला तथा योजनामन्त्री र सदस्यमा प्रदेश सरकारका विभागीय मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समिति अध्यक्ष, आयोगका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारद्वारा मनोनित पाँच सदस्य, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्यसचिव रहेको परिषद्मा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँच जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद् सदस्यहरुमा डा राधिका वुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसिएट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने बैठकको सबै तयारी पूरा भएको परिषद् सदस्यसमेत रहेका योजना आयोगका सदस्य रोकायले जानकारी दिए । उनका अनुसार बैठकमा परिषद्का १२० पदाधिकारी तथा ११ विज्ञ एवं आमन्त्रित सदस्यको सहभागिता रहने छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ०० बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर