‘समानताको पुस्ताः प्रतिबद्ध युवा दस्ता’ « Khabarhub

‘समानताको पुस्ताः प्रतिबद्ध युवा दस्ता’


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘समानताको पुस्ताः प्रतिबद्ध युवा दस्ता’ नारासहित काठमाडौंमा मंगलबारबाट शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले आर्थिक तथा सामाजिक क्षेत्रहरुमा पुरुष तथा महिलालाई समान अधिकार सुनिश्चित गर्न समिति प्रतिबद्ध रहेको बताइन् ।

उनले युवा शक्तिलाई महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका लागि उपयोग गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्तरूपमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल भएको थियो । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल भएको थियो ।

सम्मेलनले सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि, सन् १९९४ मा भएको जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र, सन् २०१५ को दिगो विकास लक्ष्यलगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनमा जोड दिएको छ ।

लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासको महत्वपूर्ण समयक्रम पूरा भएको उत्सवका रूपमा अन्तरपुस्ता, लैङ्गिक समानता, यौन तथा प्रजनन् स्वास्थ्य, देशमा रहेका विभिन्न प्रणाली, संरचना, नीति तथा अभियानमा हाम्रो प्रतिक्रिया, रुढिवादी धारणामाथि सम्बोधन, शान्तिसुरक्षा जस्ता विविध विषयमा छलफल भएको थियो ।

सम्मेलनले सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गर्ने घोषणाअनुरूप सुरक्षित गर्भपतनसम्बन्धी छुट्टै बृहत् कानूनको निर्माण गरी महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि ठोस व्यवस्था गर्न आह्वान गरेको छ ।

राज्यका हरेक तह, निकाय तथा संरचनामा युवाको अर्थपूर्ण र समानुपातिक समावेशी सहभागिता र उनीहरूको नेतृत्वको सुनिश्चितता गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकद्वारा पारित युवा, शान्ति र सुरक्षासम्बन्धी सङ्कल्प र महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावको कार्यान्वयनलगायत माग गरिएको छ ।

सम्मेलनमा ७७ जिल्लाका २०० युवाको सहभागिता थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ३० बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त