अब मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने « Khabarhub

अब मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ टेक कम्पनी शाओमीले श्वासप्रश्वासको मापन पनि गर्न मिल्ने गरीको मास्क उत्पादन गर्ने भएको छ ।

चीनमा अत्यासलाग्दो गरी बढेको वायु प्रदुषणले मानिसहरु समस्यामा परिरहेका बेला शाओमीले  श्वासप्रश्वासको पनि मापन गर्न मिल्ने गरी स्मार्ट मास्क बनाउन लागेको हो ।

शाओमीले बनाउन लागेको स्मार्ट मास्कको नयाँ पेटेन्ट पनि दर्ता गराएको छ । कम्पनीले अमेरिकाको पेटेन्ट एण्ड ट्रेड मार्क कार्यालय (युएसपीटिओ) मा सो पेटेन्ट दर्ता गरेको हो ।

शाओमीको पेटेन्ट फाइल अनुसार कम्पनीको स्मार्ट मास्क विभिन्न चार ओटा मोडलमा उपलब्ध हुनेछ । यसमा इन्बेडेड कम्प्युटिंग युनिट रहने छ ।

यसमा एक प्रोसेसर पनि समावेस रहेको हुन्छ जसले मास्कको फ्यानमा रहने सेन्सरबाट सबै डाटालाई गणना गर्ने गर्दछ । त्यसपछि यी डाटाहरु मेमोरी मोड्युलमा स्टोर हुने छन् ।

यसबाहेक मास्कमा जडान गरिएको एक मोड्युलबाट सबै डाटा रिले हुनेछन् । यी कामका लागी चाहिने पावरको लागी मास्कमा इनबिल्ट ब्याट्री राखिएको रहेको हुनेछ । यी सबैका लागी स्मार्ट मास्कमा स्ट्यान्डर्ड फिल्टर हुनेछ ।

यस स्मार्ट मास्कले यसलाई लगाएको समयलाई प्रदुषण शोषण मापनसँगै रेकर्ड गर्न सक्नेछ । कम्पनीले यसमा सेन्सरहरुको प्रयोग गरि प्रदुषण शोषणको मात्रालाई काउन्ट गर्न सक्ने बनाउने छ ।

यस स्मार्ट मास्कको लागी एक एप ल्याईने अनुमान लगाइएको छ जसमा मास्कले रेकर्ड गरेको र क्याल्कुलेट गरेको डाटालाई पठाउने छ ।यस मास्कले उपभोक्तालाई सेन्ट्रल सर्भरको प्रयोग गरेर एयर क्वालिटी इन्डेक्सको जानकारी पनि प्रदान गर्ने छ ।

यस स्मार्ट मास्कमा धेरै प्रकारका सेन्सरहरु रहने छन् । जसले एक्सेलेरोमीटर र जाइरोस्कोपको माध्यमबाट श्वासप्रश्वासको क्रमलाई मापन गर्ने तथा उपभोक्ताको गतिलाई मापन गर्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १९ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स