यसरी सुधार्नुहोस बिग्रेको यौन स्वास्थ्य « Khabarhub

यसरी सुधार्नुहोस बिग्रेको यौन स्वास्थ्य


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

यौन मानिसको आवश्यकता भित्रको एक हो । तसर्थ हरेक वयस्क मानिसमा यौनका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो ।

त्यसैले पनि हरेक मानिसले आफ्नो उमेरसंगै यौन जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौन जिवनमा समस्या भोग्नुको अलावा अर्को कुनै विकल्प हुदैन । सुन्दर यौन जीवनका लागि के कुरामा ध्यान दिने त ?

१. तनाव मुक्त हुने

तनावले हृदयको गति बढाउँछ, जसका कारण रक्तचाप बढ्ने गर्दछ । यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ यौन जीवन सुन्दर बनाउन तनावबाट बच्नु र पार्टनरसँग खुलेर मनको बोझ बाड्ने गर्नु पर्दछ ।

२. पर्याप्त निन्द्रा

यौन जीवनलाई असर पार्ने अर्काे ध्यान दिनु पर्ने कुरा भनेको पर्याप्त निदाउनु हो । पर्याप्त अर्थात आठ घण्टा निदाउनेहरुमा यौन इच्छा जाग्ने र लामो समयसम्म यौन क्षमता बढाउन मद्दत गर्दछ ।

३. नयाँ आसन

अधिकाशं जोडि यौन कार्यका लागी प्रायः एकै किसिमको आसन अपनाउने गर्दछन् । तर लामो समय एकै किसिमको आसनमा यौनकार्य गर्नु बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका केहि नयाँ आसन अपनाउनु उत्तम हुन्छ ।

४. अश्लील चलचित्र कम हेर्नु

आजकल प्रायजसो मानिमा अश्लल भिडियो वा तस्वीर हेर्ने बानी हुन्छ । तर अश्लील भिडियो हेर्नु यौन जीवनका लागी घातक साबित हुन्छ । यस्तो लत लागेमा अवास्तविक आकांक्षाले यौनतर्फ कामोत्तेजना घट्दै जान्छ ।

५. कुलतको परित्याग

धूम्रपान र मद्यपानले मानिसको स्वास्थ्यमा निकै असर पार्दछ । तर यो कुराको जानकार भएर पनि कतिपय मानिस यसको कुलत त्याग्न सकिरहेका हुदैनन् । तर यौन जीवनमा कुलतले नकारात्मक प्रभाव पार्दछ ।

धूम्रपानले यौन जीवनमा असर पुर्‍याउँनुका साथै रक्तसञ्चारमा कमी ल्याई उत्तेजना घटाउँछ । साथै मद्यपानले यौन क्षमता कम गर्दछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ३० बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम