टी - ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ - ० को अग्रता | Khabarhub Khabarhub

टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ – ० को अग्रता


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियाले एक शुन्यको अग्रता लिएको छ ।

तीन खेलको सिरिज अन्तर्गत भएको पहिलो टी – ट्वान्टीमा घरेलु टिम दक्षिण अफ्रिका १ सय ७ रनले पराजित भएको हो ।

जोहन्सवर्गमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलिया दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १४ ओभर ३ बलमा अल आउट हुँदै ८९ रनमा समेटियो ।

अष्ट्रेलियन बलर एस्टन एगर चम्किएपछि दक्षिण अफ्रिकी ब्याट्सम्यान सस्तैमा समेटियो । उसका फाप डु प्लेसिसले सर्वाधिक २४ रन जोड्दा कागिसो राबडाले २२ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न एस्टन एगरले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले सातौं ओभरको चौंथो, पाँचौं र अन्तिम बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका हुन् ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने उनी दोस्रो अष्ट्रेलियन खेलाडी हुन् । यस्तै एडम जाम्पा र पाट कमिन्सले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ४५ रन जोड्दा कप्तान आरोन फिन्चले ४२ रन जोडे ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ३३ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश