स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै « Khabarhub

स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफुलका बिरुवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन ।

उनका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा २० लाख बजेट बिनियोजन भइ काम अगाडि बढेको छ।

त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण, औजार खरिद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि १६ लाख बजेट रहेको उनले बताइन ।

माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र वडा नम्बर ८ को चारगाउँमा १२ हजार भन्दा बढी सुन्तलाको बिरुवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरुवामध्ये आधा बिरुवा स्थानीय स्तरमै उत्पादन गरिएका र अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले जनाएको छ ।

हुकाम र चारगाउँमा सहकारी र तकसेरामा समुहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांस घरमा ५० देखि एक हजार बोटसम्म स्याउका बिरुवा छन् । पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनिहरु अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् ।

तर सडकको सुविधा नभएकै कारण उत्पादीत फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : ५५ बजे

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र

लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ– बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन