रोनाल्डोको आज १ हजार औं खेल « Khabarhub

रोनाल्डोको आज १ हजार औं खेल


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् ।

एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ ।  क्रिस्टियानो रोनाल्डो १ हजार खेल खेल्ने त्यस्ता भाग्यमानी खेलाडी हुन् जो आफैं संसारमा उत्कृष्ट खेलाडीको चर्चामा समेत रहिरहे। 

समकालीन फूटबलरमा रोनाल्डो र मेस्सीको तुलना हरप्रहर झै भइरह्यो । दुबैको कीर्तिमानी झण्डै झण्डै उस्तै छ । तर गोल संख्या र खेल संख्याका आधारमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति हुने खेलमा युभेन्टसका रोनाल्डोले जीवनको महत्वपूर्ण खेल खेल्न लागेका हुन् ।शनिबार राति युभेन्टसले एसपिएएलसँग प्रतिस्पर्धा गर्दैछ ।

पोर्चुगलका रोनाल्डोले अहिलेसम्म क्लब फुटबलमा ८३५ तथा राष्ट्रिय टिमबाट १६४ खेल खेलेका छन् । उनले अहिलेसम्म समग्रमा ७२४ गोल गरेका छन् ।

रियल मड्रिडका लागि सबैभन्दा बढी ४५० गोल गरेका उनले म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ९९, युभेन्टसका लागि ५२ तथा स्पोर्टिङ्गका लागि पाँच गोल गरेका छन् ।

पाँच पटक बालोन डी ओर अवार्ड जितेका रोनाल्डोको खेल जीवनको सुरुवात लिस्बोनको क्लब स्पोर्टिङ्गबाट भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ३७ बजे

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ