अरूको विगारेर आफू सप्रिने होइन : प्रधानमन्त्री « Khabarhub

अरूको विगारेर आफू सप्रिने होइन : प्रधानमन्त्री


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन् ।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरूबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने बताए । समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए ।

‘हामी दुई ढुंगाको बीचमा छौँ । नेपालमा समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन्। सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन्। यो दुनियाँ धर्ती र प्रकृति नै सन्तुलनमा छ। हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन । दुईवटा छिमेकी मिलाउने हो। यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ।’

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताए ।

अरूलाई आफूभन्दा नीच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन्। राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ। अरूको विगारेर आफू सप्रिने होइन्। अरूलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’

देशमा विकासका सबल सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आएपनि नडगमगाने अर्थतन्त्रत्र निर्माण गर्न सकिने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : ३० बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित