बाँस्कोटा अडियो प्रकरणबारे छानबिन र कारबाही हुन्छ : गुरुङ « Khabarhub

बाँस्कोटा अडियो प्रकरणबारे छानबिन र कारबाही हुन्छ : गुरुङ


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणबारे गम्भिरतापूर्वक छानवीन हुने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एक साक्षातकार कार्यक्रममा नेता गुरुङले अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रुपमा चित्रण गरे ।

उनले भने,‘सरकार र राज्यको तर्फबाट यस विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । छानबिन भएर कति घोटाला भएको हो या होईन ? के हो ? भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । र, दोषीउपर कानूनसम्मत ढंगले आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’

प्रमुख सचेतक गुरुङले बाँस्कोटाको अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो ? भनेर एकिनका साथ भन्न नसकिने स्पष्ट पारे । उनले भने,‘तर, आशंकाका संकेतहरु देखिएका छन् । विस्तृत रुपमा यसबारेमा छानबिन गर्न आवश्यक छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार–सरकारबीच सम्झौता गरेर त्योसम्बन्धी खरिद गर्ने कुरा बुझिएको सुनाउँदै गुरुङले सरकारले ग्लोबल टेण्डरबिना कुनै कम्पनीसँग मात्रै सम्झौता गरेर खरिद गर्ने प्रक्रिया कति उपयुक्त वा अनुपयुक्त भन्दै यो नीतिगत रुपमा पनि पूर्नविचारको विषय भएको बताए ।

उनले भने,‘कानूनी रुपमा ग्लोबल टेण्डरको प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ । तर, पनि कुनै एउटा सर्टेन कम्पनीसँगमात्रै एग्रिमेन्ट गरेर जाने खालको जुन ट्रेण्ड देखिरहेको छ, त्यसले पनि केही न केही प्रश्नहरु उठेको अवस्था हो । त्यही प्रश्नहरु उठेको हुनाले संसदको सार्वजनिक लेखा समितिमा यो छलफल भएको अवस्था हो । यो अहिले अध्ययनकै क्रममा छ । यही क्रममा यो अडियो प्रकरण अगाडि आएको छ ।’

नीतिगत कुरा संसदीय समितिले हेर्ने र निवर्तमान मन्त्री बाँस्कोटाबाट कति गल्ती वा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा चाहीँ कानूनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने उनको भनाई छ ।

उनले भने,‘कानूनी रुपमा मलाई लाग्छ अख्तियार दुरुपयोग अनुशन्धान आयोगकै प्रक्रियाबाट सायद सहज हुनेछ भन्ने लाग्छ । त्यो ढंगले आवश्यक छानबिन गरेर यस प्रकारका भ्रष्टाचारीसँग जोडिएका केशहरुको विरुद्धमा सरकार उत्रिएको छ, र कुनेपनि भ्रष्टाचारलाई छुट दिनुहुँदैन् भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले भनिरहनुभएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार दृढ छ । त्यसलाई त्यही रुपमा अघि बढाउनुपर्छ । यो केशको सवालमा पनि उपयुक्त छानबिन गरेर दोषीउपर आवश्यक कारबाही प्रक्रिया अघि बढ्नेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ४१ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि