नेकपा सचिवालय बैठक : एमसीसीबारे भएन निर्णय « Khabarhub

नेकपा सचिवालय बैठक : एमसीसीबारे भएन निर्णय


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलका क्रममा कुनै निश्कर्ष भने निस्किएको छैन ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।

सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि कुनै निर्णय नभएको जानकारी दिए । तर अर्का सचिवालय सदस्य वामदेव गौतमले भने बैठकमा कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको बताए । सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने गौतमको भनाइ थियो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजक रहेको तीन सदस्यीय कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो । कार्यदलले यथास्थितिमा प्रतिवेदन पास गर्न नहुने भन्दै सर्तहरू संशोधन गर्न सुझाव दिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही प्रावधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको दाबी गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : २८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको