नेकपा सचिवालय बैठक : एमसीसीबारे भएन निर्णय « Khabarhub

नेकपा सचिवालय बैठक : एमसीसीबारे भएन निर्णय


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलका क्रममा कुनै निश्कर्ष भने निस्किएको छैन ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।

सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि कुनै निर्णय नभएको जानकारी दिए । तर अर्का सचिवालय सदस्य वामदेव गौतमले भने बैठकमा कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको बताए । सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने गौतमको भनाइ थियो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजक रहेको तीन सदस्यीय कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो । कार्यदलले यथास्थितिमा प्रतिवेदन पास गर्न नहुने भन्दै सर्तहरू संशोधन गर्न सुझाव दिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही प्रावधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको दाबी गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : २८ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६