कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु « Khabarhub

कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- बढी भिडभाड हुने काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइते भएकी छन् । उनको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबु छोराको मृत्यु भएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

कोरोनाको डरको कारणले घर जान लागेका उनीहरुलाई काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु