कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु « Khabarhub

कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- बढी भिडभाड हुने काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइते भएकी छन् । उनको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबु छोराको मृत्यु भएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

कोरोनाको डरको कारणले घर जान लागेका उनीहरुलाई काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई