काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँमा सावुन पानी अभियान सुरु गरेको छ ।
यसको सुरुवात आइतबार विहानैदेखि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो ।
मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो ।
महानगरीय प्रहरी कार्यालयले गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमै सावुन पानीको व्यवस्था गरेको छ भने १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको छ ।
प्रतिक्रिया