बाँकेको जमुनाहा नाका ७ दिनका लागि बन्द « Khabarhub

बाँकेको जमुनाहा नाका ७ दिनका लागि बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको जमुना नाका एक साताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए ।

उक्त नाकाबाट अब कुनै पनि व्यक्तिलाई आवत–जावत गर्न दिइने छैन । आइतबारदेखि लागू हुने गरी १ साताका लागि नाका बन्द गरिएको प्रजिअ खड्काले बताए ।

तर, मालसामान ढुवानी गर्ने सवारीका साधनहरुलाई भने नाका वारपार गर्न दिइने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ४३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार